अर्थ

सिटिजन्स बैंक र विराटनगरको न्युरो हस्पिटलबीच सम्झौता

सिटिजन्स बैंक र विराटनगरको न्युरो कार्डियो एन्ड मल्टि स्पेसियालिटी हस्पिटलबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौतापश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलका सेवाहरूमा १० प्रतिशतसम्मको छुट पाउनेछन्।यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।

प्रकाशित: ११ जेष्ठ २०८१ ०८:५८ शुक्रबार

Agreement between Citizens Bank and Biratnagar Neuro Hospital