अर्थ

प्रभु बैंकका कर्मचारी र ग्राहकलाई छुट

प्रभु बैंकले होटल सरोवर र किंग्स लाउन्ज पोखरासँग व्यावसायिक सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी र तिनका परिवारले होटल सरोवरमा उपलब्ध आवास, खाना, मनोरञ्जन सभाहल र पौडी लगायतका सेवामा छुट पाउनेछन्।

यस्तै किंग्स लाउन्जको खाना, खाजा, तथा मनोरञ्जन सुविधामा समेत छुट हुनेछ। बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्घताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: १० जेष्ठ २०८१ ०९:४७ बिहीबार

Prabhu Bank