अर्थ

फर्निचर उद्योग व्यवस्थित बनाउन जोड

क्याप्शन

फर्निचर तथा फर्निसिङ क्षेत्र आत्मनिर्भरता उन्मुख भइरहेको अवस्थामा यसको सबलीकरणमा उद्योगी व्यवसायीले जोड दिएका छन्। नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले आयोजना गरेको प्रशिक्षणात्मक कार्यशाला गोष्ठीमा यस्तो आवाज उठेको हो।

नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले समग्र क्षेत्रको कर प्रणाली सुधारमा जोड दिँदै फर्निचर तथा फर्निसिङ उद्योग व्यवसायमा आबद्ध सबै व्यवसायीलाई दर्ता तथा कर प्रणालीमा आबद्ध गराउनुपर्ने बताए।

दर्ता भएर सञ्चालन भइरहेका फर्निचर तथा फर्निसिङ उद्योग व्यवसायलाई राज्यले भूतप्रवाही करका विषय उठाएर समस्या बढाउन खोजेको भन्दै त्यसका सम्बन्धमा फर्निचर व्यवसायीसँग उद्योग वाणिज्य महासंघले सहकार्य गर्दै आवश्यक लबिङ गर्ने बताए।

देशको ४५ प्रतिशत क्षेत्रमा बन जंगल रहे पनि त्यहाँबाट उत्पादित काठको व्यावसायिकरण हुन नसकेको उनको धारणा छ।

४५ प्रतिशत बनबाट हामीले चाहेजति उत्पादन तयार गर्दै वृक्षारोपणबाट बनको क्षेत्र घट्न नदिने गरी व्यावसायिकताको भरपुर सदुपयोग गराउन पहलकदमी लिनुपर्ने बेला भएको बताउँदै त्यसो नगरेको खण्डमा अहिलेको हाम्रो सम्भावना गुम्ने बताए ।

यस्तै नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष युवराज पौडेलले फर्निचर तथा फर्निसिङ व्यवसाय नेपालकै लागि आशाको क्षेत्र भए पनि राज्य स्तरबाट यसको संरक्षण र सम्वद्र्धनमा पहल नभएको गुनासो गरेका छन्।

 उनले उधारो कारोबारले उत्पन्न समस्या भयावह भन्दै गएको भन्दै उनले यो विषयलाई व्यावसायिक सुरक्षा ऐनमा समेट्नु पर्ने बताए। साथै सबै किसिमका उद्योग व्यवसायलाई समान व्यवहार गर्न सरकारलाई आग्रह गर्दै उनले विभेदकारी नीति हटाउन आग्रह गरे।

प्रकाशित: ७ जेष्ठ २०८१ ०९:३५ सोमबार

Nepal Furniture and Furnishing Traders Federation Training Workshop Symposium