अर्थ

सिटिजन्स र दुसित प्रिन्सेसबीच सम्झौता

सिटिजन्स बैंक र लाजिम्पाटको दुसित प्रिन्सेसले बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले दुसित प्रिन्सेस काठमाडौंमा १५ प्रतिशतसम्म छुट पाउनेछन्। सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: ४ जेष्ठ २०८१ १०:३३ शुक्रबार

Citizens Bank Dusit Princess of Lazimpat