अर्थ

काठमाडौं मोडेल अस्पताल र प्रभु बैंकबीच सम्झौता

<br>

काठमाडौं मोडेल अस्पताल र प्रभु बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।

अस्पतालका प्रबन्धक निर्देशक गौरी प्रधान र बैंकका प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारजनले अस्पतालको अन्तरंग तथा बहिरंग सेवामा ओपिडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी, दन्त सेवालगायतका सेवाहरूमा छुट पाउने छन्।

बैकका कर्मचारी तथा ग्राहकले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

प्रकाशित: २ जेष्ठ २०८१ ११:०६ बुधबार

Kathmandu Model Hospital Prabhu Bank Agreement