अर्थ

सात सयले घट्यो सुन मूल्य

मंगलबार पनि स्थानीय बजारमा सुन मूल्य घटेको छ। सोमबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतितोला १७ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १७ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

प्रकाशित: १ जेष्ठ २०८१ १२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App