अर्थ

सांग्रिला बैंकद्वारा विद्यार्थीलाई सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटारको महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ।  

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेसँगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीलाई दुई सय थान स्कुल व्याग, दुई सयवटा कापी तथा दुई सयवटा कलम वितरण गरेको हो।

प्रकाशित: ३१ वैशाख २०८१ १०:५६ सोमबार

Mahendra National Secondary School Student Bag Sangrila Development Bank