अर्थ

हिमालयन बैंकद्वारा वीरगन्ज प्रहरीलाई क्यामेरा

हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रहरी कार्यालय वीरगंज ‘गोप्रो हिरो–१२’ क्यामेरा खरिद गरी हस्तान्तरण गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको अनुरोधमा बैंकले सो क्यामेरा प्रदान गरेको हो।

जिल्लामा सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिविधिहरूको निगरानी तथा रोकथाम गर्न बैंकले जिल्ला प्रहरी कार्यालय पर्सालाई सो सहयोग प्रदान गरेको हो।

बैंकका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पवन अग्रवाल र बैंककै मधेश प्रदेश प्रमुख सागरकुमार रेग्मीले सहयोग स्वरूप सो क्यामेरा प्रहरी उपरीक्षक कुमुद ढुङ्गेललाई हस्तान्तरण गरेका थिए। हस्तान्तरण समारोहमा बैंक र जिल्ला प्रहरी कार्यालयका अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो।

प्रकाशित: २४ वैशाख २०८१ ०८:०५ सोमबार

हिमालयन बैंक वीरगन्ज प्रहरीलाई क्यामेरा