अर्थ

सर्वोत्तम सिमेन्टको साधारणसभा

सौरभ ग्रुपअन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। वैशाख १२ गते सम्पन्न सभा रूपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा भएको हो।

सभाले आव २०७९/०८० को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण समेटिएको लेखापरीक्षण प्रतिवेदन स्वीकृत गरेको छ। आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ। कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत (कर सहित) नगद लाभांस बाँड्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

सभाले संस्थापक सेयरधनी समूहबाट पाँच जना सञ्चालकहरू विष्णुप्रसाद न्यौपाने, विमलकुमार सावरथिया, टीकाराम न्यौपाने, तेन्जिङ लाग्देन तामाङ, उत्सव न्यौपाने र सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकमा शिवसिंह कार्की निर्विरोध निर्वाचित गरेको छ।

यसैगरी स्वतन्त्र सञ्चालकमा एक जना नेहा अग्रवाललाई मनोनित गरिएको छ । सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष के.सीले कम्पनीका सबै सञ्चालक समिति, ग्राहक, कर्मचारी तथा सेयरधनीहरू प्रति आभार प्रकट गर्दै हालका चुनौतीहरूको सामना गर्दै सर्वोत्तम सिमेन्टलाई एक उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: १४ वैशाख २०८१ ०९:३७ शुक्रबार

सर्वोत्तम सिमेन्ट लिमिटेड रूपन्देही जिल्ला सिद्धार्थ नगरपालिका