अर्थ

१६ औं पञ्चवर्षीय योजनाले निर्धारण गरेको आर्थिक विकासको लक्ष्य पूरा हुँदैनः पूर्व अर्थमन्त्री महत

नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले १६ औं पञ्चवर्षीय योजनाले निर्धारण गरेको ७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा नहुने बताएका छन्।

बिहीवार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले राजनीतिक स्थायित्व आउन नसकेसम्म लक्ष्य प्राप्त हुन नसक्ने जिकिर गरे। उनले आवधिक योजनाको युटिलिटी समाप्त भइसकेको बताए।

उनले योजना आयोगको संरचनालाई नीति र कार्यान्वयन अनुगमन संयन्त्रको रुमपा विकास गर्न आवश्यक रहेको बताए। उनले योजनाले लिएका लक्ष्य प्राप्तिका लागि समृद्ध नेपाल र सुखी नेपाली बनाउनको लागि अड्चनहरुको पहिचान गर्न आवश्यक रहेको बताए।

पूर्वअर्थमन्त्री डा. महतले आउने आर्थिक वर्षमा ५ प्रतिशतसम्म मात्रै अर्थिक वृद्धि हुनसक्ने भन्दै लक्ष्यअनुरुपोका प्राथमिकता नहुँदा समस्या आइरहेको बताए।

उनले अहिलेको सबैभन्दा ठूलो समस्या साधारण खर्च रहेको बताए।

प्रकाशित: १३ वैशाख २०८१ १२:४९ बिहीबार

नेपाली काँग्रेस पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत १६ औं पञ्चवर्षीय योजना ७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य