अर्थ

तत्त्व फार्मस्का ‘सक्खर’ बजारमा

मौलिक एवं औषधीय गुणयुक्त सक्खर (ज्यागरी) लाई तत्त्व फार्मस्ले विभिन्न ‘फ्लेवर’मा बजारमा उपलब्ध गराएको छ।

कम्पनीका उत्पादनमा ओरिजिनल ज्यागरी पाउडर, सिनेमन ज्यागरी पाउडर, स्याफ्रोन ज्यागरी पाउडर, मसला टी ज्यागरी पाउडर, टर्मरिक ज्यागरी पाउडर, ब्ल्याक पेपर ज्यागरी पाउडर र जिन्जर ज्यागरी पाउडर छन्।

तत्त्व फार्मस्का संस्थापक हिमांशु त्रिपाठीका अनुसार तत्त्वका विभिन्न फ्लेवरका सक्खरको पाउडरलाई घिउ, दही मात्रै होइन रोटी र भातसँग पनि खान सकिन्छ भने बेकरी, मिठाई लगायतमा गुलियो प्रयोग हुने हरेक खानामा प्रयोग गर्न सकिन्छ।

उनका अनुसार हाल सक्खर पाउडर तीन सय ग्राम र ६ सय ग्राम गरी दुई वटा प्याकेजमा उपलब्ध छ। तीन सय ग्रामको एक सय ७५ रूपैयाँ र ६ सय ग्राम प्याकेटको मूल्य तीन सय २५ रूपैयाँ तोकिएको छ।

प्रकाशित: १३ वैशाख २०८१ ०९:१७ बिहीबार

मौलिक एवं औषधीय गुणयुक्त सक्खर तत्त्व फार्मस्ले विभिन्न ‘फ्लेवर’ तत्त्व फार्मस्का संस्थापक हिमांशु त्रिपाठी