अर्थ

साओमीको ‘नयाँ साल-नयाँ नोट’ अफर निरन्तर

साओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल-नयाँ नोट’ अफरलाई निरन्तरता दिने भएको छ। कम्पनीले साओमीका फ्यानहरूको अनुरोधलाई सम्बोधन गर्दै अफर विस्तार गर्ने निर्णय गरेको जनाएको छ।

रेड्मी नोट १३ सिरिजमार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै साओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ।

योजना अनुसार रेड्मी नोट १३ को खरिद गर्ने ग्राहकहरूले रेड्मी बड्स फोर एक्टिभ निःशुल्क प्राप्त गर्न सक्नेछन्। यसै रेड्मी नोट १३ प्रो प्लस फाइब जि खरिद गर्ने ग्राहकले भने रेड्मी बड्स फोर एक्टिभ एक हजार ६ सय ९९ रूपैयाँमा वा रेड्मी वाच थ्री एक्टिभ तीन हजार चार सय ९९ रूपैयाँमा प्राप्त गर्न सक्नेछन्।

अफरअन्तर्गत रेड्मी नोट १३ प्रो को दुबै भेरियन्टहरूमा भारी छुटको व्यवस्था गरिएको छ। एट जिबी प्लस २५६ जिबी भेरियन्ट ३२ हजार नौ सय ९९ रूपैयाँमा उपलब्ध छ जसको वास्तविक बजार मूल्य ३४ हजार नौ सय ९९ रूपैयाँ छ।

त्यसैगरी १२ जिबी प्लस ५१२ भेरियन्ट ३५ हजार नौ सय ९९ रूपैयाँमा उपलब्ध छ। साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले आफ्ना ग्राहकका लागि अफरहरू अझै लामो समयको लागि उपलब्ध गराउन पाउँदा निकै खुसी भएको बताए।

प्रकाशित: १३ वैशाख २०८१ ०९:०५ बिहीबार

साओमी ‘नयाँ साल – नयाँ नोट’ रेड्मी नोट १३ प्रो प्लस फाइब जि खरिद