अर्थ

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई पोसाक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शारदा माध्यमिक विद्यालय, धनगढी कैलालीका विद्यार्थीलाई विद्यालय पोसाक उपलब्ध गराएको छ।  

विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू विपन्न परिवारबाट रहेका र उनीहरूको आर्थिक अवस्था सबल नभएको कारण ती विद्यार्थीहरूको पठनपाठनमा आउने कठिनाइहरूमा केही सहजता होस् भन्ने हेतुले बैंकले विद्यालय पोशाक प्रदान गरेको हो। 

विद्यालयमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरूप विभिन्न सामग्री हस्तान्तरण गरेका हुन्।

समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले विद्यार्थी देशको भविष्यका कर्णधार भएको र उनीहरूलाई सानो भए पनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुसी महसुस भएको कुरा व्यक्त गरे।

संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ।

प्रकाशित: १२ वैशाख २०८१ ०९:५९ बुधबार

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड शारदा माध्यमिक विद्यालय धनगढी कैलाली विद्यार्थीलाई पोसाक