अर्थ

सुनको मूल्य ११ सय रूपैयाँले घट्यो

नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १७ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: १० वैशाख २०८१ ११:१६ सोमबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ