अर्थ

सिटिजन्स बैंकद्वारा भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवशकुमारबीच भर्चुअल क्रेडिट कार्ड सञ्चालन सम्बन्धी सम्झौता भएको छ। साथै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले भर्चुअल क्रेडिट कार्डको उद्घाटन गरेका छन्।

बैंकका अनुसार भर्चुअल क्रेडिट कार्डको लागि सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत योग्य ग्राहकले सिधै आवेदन दिन सक्नेछन्। कुनै कागजी कार्य र भौतिक कार्डको आवश्यकता नपर्ने यस्ता कार्डमा ग्राहकले २० हजार रूपैयाँ देखि दुई लाख ५० हजार रूपैयाँसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउनेछन।

यस्तै भर्चुअल क्रेडिट क्युआर कोड स्क्यान गरेर किनमेल गर्न, नेपालभित्र अनलाइन खरिदहरू प्रयोग गर्नसमेत सकिने बैंकले जनाएको छ। यस्तै यसमा इएमआइको सुबिधा पनि रहेको छ।

 बैंकले ग्राहकलाई ४५ दिनभित्र सजिलै कर्जा चुक्ता गर्ने विकल्प प्रदान गरेको छ। साथै उनीहरूको कुल क्रेडिट कार्डको बक्यौताको १० प्रतिशतदेखि सय प्रतिशतसम्म भुक्तानी गर्ने विकल्प पनि प्रदान गरेको छ।

प्रकाशित: १० वैशाख २०८१ १०:२६ सोमबार

सिटिजन्स बैंक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक