अर्थ

काठमाडौं पिंक केयरएथन सम्पन्न

लिजर पोर्ट नेपाल प्रालि ले नेपाल प्रहरी पत्नी संघसँगको सहकार्यमा पिंक केयरएथन सफलतापूर्वक सम्पन्न गरेको छ। शनिबार महाराजगन्ज प्रहरी प्रधान कार्यालयमा उक्त कार्यक्रम भएको हो।

यस कार्यक्रमले सबै उमेर समूहका सहभागीहरूबिच स्फूर्तिदायी गतिविधिहरू मार्फत महिला स्वास्थ्य र सशक्तीकरणको लागि आफ्नो आवाज उठाएको थियो।

कार्यक्रम जुम्बा सत्रसंग सुरु भई, वाक र रनमा अघि बढेको थियो। ३ किमी, ५ किमी, र १० किमीको दूरीमा राखिएको यात्राले विभिन्न फिटनेस स्तरका सहभागीहरूलाई समावेश गर्दै र उत्साह सुनिश्चित गरेको थियो।

प्रसिद्ध भारतीय अभिनेता र मोडल जय भानुशालीले काठमाडौं पिंक केयर एथनको २०२४ संस्करणको सञ्चालन गरेका थिए। जसले कार्यक्रममा थप उत्साह र रोमाञ्चकता थपेको थियो। प्रत्येक सहभागीले टिसर्ट र  फिनिशर पदक प्राप्त गरे भने प्रत्येक विधामा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई उचित पुरस्कार पनि दिइएको थियो।

काठमाडौं पिंक केयरएथन स्तन क्यान्सर सचेतना, महिला स्वास्थ्य सेवा, र शारीरिक, मानसिक, बौद्धिक, तथा आध्यात्मिक विकास र सशक्तीकरणको लागि आत्महेरचाह प्रवर्द्धन गर्ने कार्यक्रमहरूको श्रृंखला हो।

प्रकाशित: ९ वैशाख २०८१ १७:०७ आइतबार

लिजर पोर्ट नेपाल प्रालि पिंक केयरएथन