अर्थ

‘इन्फिनिक्स हट ४० आई’ स्मार्टफोन नेपाली बजारमा

इन्फिनिक्स मोबाइलले ‘हट ४० आई’ स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक गरेको छ।  

बिहीबारदेखि यो स्मार्टफोन नेपालमा उपलब्ध भएको हो। कम्पनीका अनुसार यस फोनमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा र ५० मेगापिक्सेलको हाइ रिजुलेसनको ब्याक क्यामेरा रहेको छ।

सुपथ मूल्यमा रहेको यो फोन ग्राहकहरुको लागि स्मार्ट गिफ्ट हुने कम्पनीकाे भनाइ छ। यस स्मार्ट फोनले ग्राहकहरुलाई एक्स्ट्रा स्मार्ट बनाउने कम्पनीले विश्वास लिएको छ।

१६ जीबी तथा २५६ जीबी र्याम रहेको यस मोबाइलले स्टोरेजको चिन्ताबाट मुक्ति दिने कम्पनीले जनाएको छ। यो मोबाइलेको लुक्स उत्कृष्ट, निकै पातलो रहेको कम्पनीको दाबी छ।

प्रकाशित: ६ वैशाख २०८१ २०:५५ बिहीबार