अर्थ

सुनको मूल्य आज स्थिर, चाँदीको घट्यो

स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन पनि सुन यहीँ मूल्यमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो। आज तेजाबी सुन भने प्रतितोला एक लाख ३८ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला एक हजार सात सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन चाँदी प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो। 

प्रकाशित: ५ वैशाख २०८१ ११:०१ बुधबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ चाँदी सुन