अर्थ

सिटिजन्स बैंकद्वारा स्नो याक फाउन्डेसनलाई सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान गरेको छ। बैंकले आफ्नो स्थापनाको १८ औं वर्षमा प्रवेश गर्ने अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालभरका पिछडिएका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको संस्था स्नो याक फाउन्डेसनलाई सहयोग गरेको छ।

बैंकले आफ्नो १७ औं वार्षिकोत्सव यही वैशाख ७ गते मनाउँदै छ। बैंकले एक लाख रूपैयाँको चेक संस्थाका सञ्चालक मणिराज शर्मालाई हस्तान्तरण गरेको छ। 

प्रकाशित: ४ वैशाख २०८१ ०७:२३ मंगलबार

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड स्नो याक फाउन्डेसन