अर्थ

अर्घाखाँची सिमेन्ट र एनएमबी क्यापिटलबीच सम्झौता

अर्घाखाँची सिमेन्टले सर्वसाधारणमा प्राथमिक सेयर सार्वजनिक गर्न एनएमबी क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता-पत्रमा अर्घाखाँची सिमेन्टका तर्फबाट चिफ फाइनान्सिएल अफिसर राजु पौडेल तथा एनएमबी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

यसै क्रममा नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकता पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडि बढाइने चिफ फाइनान्सियल अफिसर राजु पौडेलले बताए।

प्रकाशित: ३ वैशाख २०८१ ०६:२५ सोमबार

अर्घाखाँची सिमेन्ट निष्कासन तथा बिक्री प्रबन्धक