अर्थ

सिटिजन्स बैंकको स्वास्थ्य शिविर

सिटिजन्स बैंकले १७ औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। बैंकले सुदूरपश्चिम प्रदेशअन्तर्गत सुक्खड शाखा र बागमती प्रदेशअन्तर्गत कपन शाखाको सक्रियतामा स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

बैंकले घोडाघोडी नगरपालिका ८ आमफाँटा कैलालीमा अवस्थित स्थानीय सिएस अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै औषधी वितरण गरको हो।

यसैगरी बागमती प्रदेशको काठमाडौँ जिल्लाअन्तर्गत कपनशाखाले नेपलिज सोसाइटी अफ कम्युनिटी मेडिसिनमा आवद्ध विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

प्रकाशित: २८ चैत्र २०८० ०८:०७ बुधबार

१७औं वार्षिकोत्सव सिटिजन्स बैंक स्वास्थ्य शिविर