अर्थ

एनआइसी एसियाले ल्यायो चेक बोक्न नपर्ने सेवा

भर्खरै सुरु गरेको पसकार्ड सेवाका बारे जानकारी दिँदै एनआइसी एसिया बैंकका कर्मचारी । तस्बिर : सुमन मल्ल

मुग – एनआइसी एसिया बैंकका ग्राहकहरूले अबदेखि बैंकको चेक र नगद बोक्नु नपर्ने सेवाको सुरुवात गरेको जानकारी दिएको छ।

सदरमुकाम गमगढीमा तत्काल दुई स्थान र रारामा एक गरी तीन स्थानमा पोइण्ट अफ सेल मेशिन जडान गरी सेवा विस्तार गरेको जनाएको छ । इन्टरनेट चल्ने र नेपाल टेलिकमको मोवाइल सेवा भएका स्थानमा यो प्रविधीले काम गर्न सक्ने बैंकका मुगु शाखा प्रमुख सुवाश शाहीले जानकारी दिए।

कुनै पनि होटल वा पसलमा ग्राहकले सामान किन्दा विल भुक्तानी गर्नु पर्ने बेला भिसा कार्ड मेशिनमा राख्ने र मेशिनले सामानको मूल्य बराबरको रकम आफैँ साहुको खातामा जम्मा गरी त्यसको भुक्तानी रसिद समेत दिने शाहीले बताए। भौगोलिक विकटता, दुर्गमताका कारण सबै मान्छेले नगद नै बोकेर नहिड्ने भएकाले नेपाल भित्रका जुन सुकै बैंकका भिसा कार्ड बोक्न सकिने उनले बताए। 

अहिले पसकार्ड सेवा सुरु गरेको बैंकले आगामी वैशाख महिनासम्म एटिएम सेवा समेत विस्तार गर्ने जनाएको छ। अहिले एटिएम सेवाका लागि उपकरणहरू जिल्लामा पुगिसकेको र केही दिनमा नै यसको जडान कार्य थालिने बैंकले जनाएको छ।
 

 

प्रकाशित: ५ चैत्र २०७४ १०:१५ सोमबार