अर्थ

बजाजको एक लाखसम्मको उपहार

बजाज मोटरसाइकलको लागि अधिकृत वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नवआरम्भ’ योजना सार्वजनिक गरेको छ। बजाजले नयाँ वर्षमा ग्राहकलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधा प्रदान गर्ने भएको छ।

बजाजको ‘नवआरम्भ’ योजना अन्तर्गत ग्राहकले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउनेछन् भने भाग्यशाली विजेताले एक लाख रूपैयाँसम्मको नगद उपहार पनि जित्न सक्नेछन्। त्यसका साथै ग्राहकले ३६ महिनाको इएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन् जसमा ग्राहकलाई किस्ताको रकम धेरै कम हुन आउने कम्पनीले जनाएको छ। त्यसैगरी ३० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकसँग उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २७ चैत्र २०८० ०८:१९ मंगलबार

हंसराज हुलास चन्द एन्ड कम्पनी बजाजको एक लाखसम्मको उपहार