अर्थ

मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सका भ्यानहरू नेपाल मित्र्याउँदै

चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सिएचटिसी मोटर्स) को बिक्रेताको रूपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ।

दुवै कम्पनीले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्दै अब मेगाबिजनेस ग्रुपले सिएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका विद्युतीय भ्यानहरूको बिक्री नेपाली बजारमा गर्नेछ।

व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने भ्यानहरू वातारण मैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार अप्रिलको अन्त्यतिर यी उत्पादन नेपाली बजारमा उपलब्ध हुनेछन् ।

प्रकाशित: २६ चैत्र २०८० ०८:२९ सोमबार

मेगा बिजनेस ग्रुप चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी सम्झौता