अर्थ

समृद्धि फाइनान्सद्वारा निःशुल्क दाँत तथा आँखा शिविर

समृद्धि फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःशुल्क दाँत तथा आँखा परीक्षण र परामर्श शिविर सम्पन्न गरेको छ।

फाइनान्सको पुतलीसडकस्थित कार्यालयद्वारा एकदिने निःशुल्क दन्त तथा आँखा परीक्षण र परामर्श शिविर सम्पन्न गरेको हो।

कार्यक्रममा दन्त परीक्षणअन्तर्गत २८० जना र आँखा परीक्षणमा ३२९ जना सेवाग्राहीले परीक्षण तथा परामर्श सेवा लिएको फाइनान्सले जनाएको छ।

प्रकाशित: २५ चैत्र २०८० ०८:०३ आइतबार

समृद्धि फाइनान्स निःशुल्क दाँत तथा आँखा परीक्षण र परामर्श शिविर