अर्थ

सामसङको नयाँ वर्ष योजना सार्वजनिक

आगामी नयाँ वर्षको अवसरमा सामसङले ‘स्वागत नयाँ वर्षलाई, बाडौँ खुसी सधैंलाई’ योजना ल्याएको छ। योजनाअन्तर्गत ग्राहकले आफूलाई मन परेको टिभी खरिद गर्दा ३८ प्रतिशतसम्मको र फ्रिज र वासिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुट पाउनेछन्।

यस्तै ग्राहकले शून्य प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रूपमा सामसङ टिभी फ्रिज र वासिङ मेसिन खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सो योजना जेठ २ गतेसम्म लागु हुनेछ। 

प्रकाशित: २३ चैत्र २०८० ०९:३१ शुक्रबार

सामसङ नयाँ वर्ष योजना सार्वजनिक