अनलाइन शिक्षा प्रदायक माई सेकेन्ड टिचरले पश्चिमाञ्चल एकेडेमी (एसपिए) सँग साझेदारी गर्ने घोषणा गरेको छ।
नेपालमा राष्ट्रिय परीक्षा बोर्डको लागि पाठ्यक्रम सहयोग गर्न उत्कृष्ट डिजिटल अध्ययन सामग्रीहरू उपलब्ध गराउन त्यस्तो साझेदारी गरेको माई सेकेन्ड टिचरले जनाएको छ। माई सेकेन्ड टिचर एक अग्रणी ग्लोबल एडटेक प्लेटफर्म हो जसको उपस्थिति ५० देशहरूमा छ। जसमा क्याम्ब्रिज विद्यालयसहित नौ हजारभन्दा बढी विद्यालयहरूमा विश्वव्यापी रूपमा उपयोग भैरहेको छ।
माई सेकेन्ड टिचरले नेपाल पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रमहरू ३५०० भन्दा बढी भिडियोहरूमा पंक्तिबद्ध गरेको छ। जसको प्रयोगबाट विद्यार्थीलाई उनीहरूको सिकाइ प्रक्रिया र परीक्षामा राम्रो गर्न मदत गर्दछ।
एसपिए कलेजका प्रधानाध्यापक सुवास शाहीले राष्ट्रिय परीक्षाबोर्डको पाठ्यक्रमसँग पंक्तिबद्ध शैक्षिक सामग्रीहरूको बृहत् संग्रहले आफ्ना विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टता हासिल गर्न निःसन्देह फाइदा पु¥याउने बताए।
प्रकाशित: २३ चैत्र २०८० ०८:४१ शुक्रबार