अर्थ

भौतिक र ऊर्जा मन्त्रालयमा सचिव हेरफेर

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा तथा जलस्रोत मन्त्रालयमा सचिव हेरफेर गरिएका छन्। सरकारले भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मालाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेको छ। उनको ठाउँमा सरकारले ऊर्जा जलस्रोत मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई लगेको छ।

त्यस्तै, ऊर्जा मन्त्रालयको सचिवमा भने आयोगकी सचिव सरिता दवाडीलाई सरुवा  गरेको छ। भौतिक पूर्वाधार मन्त्रालयका सचिव शर्माले सवारी लाइसेन्स छानबिनमा मन्त्रालयका तर्फबाट असहयोग गरेको र इम्बोस्ड नम्बरको भुक्तानी गर्न ताकेता गरेको भन्दै उनलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको जनाइएको छ।

प्रकाशित: २० चैत्र २०८० १०:५७ मंगलबार

भौतिक र ऊर्जा मन्त्रालयमा सचिव हेरफेर ऊर्जा तथा जलस्रोत मन्त्रालय