अर्थ

मन्जुश्री फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

नेपाल राष्ट्र बैंकको संयोजनमा मन्जुश्री फाइनान्सले विभिन्न शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। ग्लोबल मनी विक–२०२४ अन्तर्गत फाइनान्सले आफ्नो २७ वटै शाखाबाट देशैभरि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो।

फाइनान्सका अनुसार सो कार्यक्रममा देशभरका नौ सय बढीको सहभागिता थियो। फाइनान्सले डिजिटल कारोबारको युगमा ग्राहकले पूर्णतया सचेत भई बैंकिङ कारोबार गर्नुपर्छ भन्ने सन्देशमूलक सूचनाको साथमा कार्यक्रम गरेको जनाएको छ।

प्रकाशित: २० चैत्र २०८० ०९:०७ मंगलबार

नेपाल राष्ट्र बैंक मन्जुश्री फाइनान्स