अर्थ

बिमा अभिकर्ता तालिम

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बिमा अभिकर्ताको रूपमा कम्पनीसँग आबद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरूको लागि निर्जीवन बिमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ।

तालिममा विभिन्न जिल्लाबाट ३१ जनाको सहभागिता रहेको थियो। पछि कम्पनीसँग आबद्ध भई कार्य गर्ने बिमा अभिकर्ताहरूले बिमा कम्पनी र ग्राहकको बीचमा राम्रो भूमिका निर्वाह गर्ने अपेक्षासहित अभिकर्ता तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो।

तालिमले निर्जीवन बिमाको क्षेत्रमा नेपाल बिमा प्राधिकरणले निर्देश गरेबमोजिम निर्जीवन बिमा गर्नका लागि ग्राहकले सहजरूपमा बिमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ।

प्रकाशित: १९ चैत्र २०८० ०८:२६ सोमबार

बिमा अभिकर्ता तालिम आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड