अर्थ

सुपर कावेलीखोला ‘ए’ क्यासकेट जलविद्युत परियोजनाको एचआरटी सुरुङ मार्गमा ‘ब्रेक थ्रु’

१२ मेगावाट क्षमताको ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित सुपर कावेलीखोला ‘ए’ क्यासकेटको करिव साढे १८ सय मिटर लामो एचआरटी सुरुङ मार्गमा ‘ब्रेक थ्रु’भएको छ।

एचआरटी सुरुङ मार्गमा ‘ब्रेक थ्रु’ भएसँगै आयोजनाको ७५ प्रतिशत काम पूरा भएको आयोजनाका प्रमुख मेघनाथ ढुङ्गानाले जानकारी दिए।

आयोजनाको १ हजार ८ सय ३७ मिटर लामो एचआरटी सुरुङ मार्गको निर्माण कार्य २०७९ साल पुस २५ गतेबाट सुरु भएको थियो। कावेलीखोला ‘ए’ क्यासकेट ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नं. ७ खेवाङ तथा वडा नं. ८ याम्फुदिन भइ बग्ने काबेली खोलाको पानी सदुपयोग गरेर बनाइने जलविद्युत आयोजना हो।

जलविद्युत आयोजनाको मुख्य प्रवद्र्धक हिलटल इनर्जी लिमिटेड रहेको छ। उक्त आयोजनाबाट उत्पादित विद्युत् १३२ केभीको स्विचयार्डमा जडान गरी नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनको पाँचथर जिल्लास्थित अमरपुर सवस्टेशनमा जडान गरिने छ।

आयोजनाको खेबाङ–याम्फुदिन क्षेत्रमा रहने विद्युतगृहदेखि १८ किमी लामो प्रसारण लाइनमार्फत १३२ केभीको अमरपुर सवस्टेशनमा उत्पादित विद्युत् जडान हुनेछ।

प्रकाशित: १६ चैत्र २०८० ०९:१८ शुक्रबार

ताप्लेजुङ सिरिजङ्गा गाउँपालिका सुपर कावेलीखोला ‘ए’ क्यासकेट सुरुङ मार्गमा ‘ब्रेक थ्रु’