अर्थ

गरिमा विकास बैंकको सिइओमा उपाध्याय

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधवप्रसाद उपाध्यायलाई नियुक्त गरेको छ। उनलाई आगामी वैशाख १ गतेदेखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

उपाध्याय बैंकमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रूपमा र विगत ११ वर्षदेखि नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका थिए। यस्तै बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी बैंकको कम्पनी सचिवमा नियुक्त भएका छन्।

प्रकाशित: १६ चैत्र २०८० ०८:५० शुक्रबार

गरिमा विकास बैंक प्रमुख कार्यकारी अधिकृतमा माधवप्रसाद उपाध्याय