अर्थ

बेष्ट फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

बेष्ट फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले ग्लोबल मनी विक–२०२४ को साथ यस वर्षको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।

यसै क्रममा संस्थाले इटहरी शाखा कार्यालयबाट युवा, मुख्य शाखा कार्यालयबाट विद्यार्थी तथा खरिबोट शाखाबाट महिला समूहलाई विभिन्न वित्तीय जानकारी गराइएको जनाएको छ। साथै भरतपुर चितवन शाखाबाट ग्लोबल मनी विकको नारासहित प्ले कार्ड र्‍याली आयोजना गरेको छ। संस्थाले एक हप्तासम्म विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ।

प्रकाशित: १६ चैत्र २०८० ०८:१२ शुक्रबार

बेष्ट फाइनान्स वित्तीय साक्षरता कार्यक्रम