अर्थ

चैते धानको समर्थन मूल्य निर्धारण

सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ। मन्त्रीपरिषद् बैठकले धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार सात सय सात रूपैयाँ तोक्ने निर्णय गरेको हो।

१८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाइ कायम हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय भएको हो।

प्रकाशित: १६ चैत्र २०८० ०८:०० शुक्रबार

मन्त्रीपरिषद् बैठक चैते धानको समर्थन मूल्य निर्धारण