अर्थ

नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम

नेपाल एसबिआई बैंकले ग्लोबल मनी विक २०२४को अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रममा कलेज विद्यार्थीहरू सहभागी भएका थिए। बैंकले बचतको महत्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, सेयर बजार र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणालगायत वित्तीय साक्षरताका विभिन्न पक्षहरूमा शिक्षित गराउने उद्देश्य राखेको थियो।

न्युरोड, भक्तपुर, पाटन, बरगाछी, वीरगन्ज, जनकपुर, डडेल्धुरा, वालिङ, टेकु, हेटौडा, पिपिओ पोखरा, दुलेगौंडा, विराटनगर, चन्द्रनिगाहपुर, कोहलपुर, मणिग्राम, दाङ लगायतका विभिन्न शाखामा सञ्चालित कार्यक्रममा करिब आठ सय जनाको सहभागिता रहेको बैंकले जनाएको छ।

प्रकाशित: १५ चैत्र २०८० ०८:४१ बिहीबार

नेपाल एसबिआई बैंक वित्तीय साक्षरता कार्यक्रम