अर्थ

मुक्तिनाथ विकास बैंकद्वारा वृक्षारोपण कार्यक्रम

मुक्तिनाथ विकास बैंकले वृक्षारोपन कार्यक्रम गरेको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कञ्चनपुरको कृष्णपुरमा करिब १५० वटा कागतीका विरुवाको वृक्षारोपण गरेको हो।

बैंकले सो कार्यले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तन विरुद्ध लड्न योगदान पुर्‍याएको जनाएको छ। कार्यक्रम अन्तर्राष्ट्रिय वनदिवसको उपलक्ष्यमा आयोजना गरेको बैंकले जनाएको छ।

प्रकाशित: १५ चैत्र २०८० ०७:५२ बिहीबार

मुक्तिनाथ विकास बैंक वृक्षारोपन कार्यक्रम