अर्थ

जापानी राजदूतावासका मिसन उपप्रमुखद्वारा फ्याक्ट्री अवलोकन

नेपालका लागि जापानी राजदूतावासका मिसन उपप्रमुख ताकाहिरो तामुराले विरगञ्जस्थित केएनपी फ्याक्ट्री अवलोकन गरेका छन् 

भ्रमणका क्रममा केएनपीको हेल्थी होम पेन्ट्सको उच्च प्रविधियुक्त उत्पादन प्लान्ट देखेर उपप्रमुख तामुराले फ्याक्ट्रीको सञ्चालन तरिका र सुविधाको तारिफ गरेको कम्पनीले जानकारी दिए।

यसैक्रममा उनले केएनपी जापानको सिसारहित र न्यून भिओसी भएको पेन्ट्स उत्पादन गर्दै आम सर्वसाधारणलाई स्वस्थ पेन्टको महत्व दर्शाउने काम गरेकोमा प्रशंसा गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: १४ चैत्र २०८० ०८:१२ बुधबार

अवलोकन जापानी राजदूतावास केएनपीको हेल्थी होम पेन्ट्स ताकाहिरो तामुरा मिसन उपप्रमुख