अर्थ

आरविवी मर्चेन्टको सचेतनामूलक कार्यक्रम

नेपाल धितोपत्र बोर्डले वित्तीय शिक्षा अभिवृद्धि गर्ने उद्देश्यले ‘विश्व वित्तीय सप्ताह–२०२४’ देशभरि विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ।

यही अवसरमा आरविवी मर्चेन्ट बैंकिङले नुवाकोट आदर्श बहुमुखी क्याम्पस बिदुर ४ बट्टारमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी तथा शिक्षक/शिक्षिकाहरूको लागि वित्तीय शिक्षा अभिवृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।

विश्व वित्तीय सप्ताहको अवसरमा आयोजित उक्त कार्यक्रमले पुँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने र सहभागीहरूले सेयर लगानी सम्बन्धी ज्ञान हासिल गरी लाभान्वित हुने विश्वास छ।

प्रकाशित: १३ चैत्र २०८० १०:४० मंगलबार

नेपाल धितोपत्र बोर्ड वित्तीय शिक्षा अभिवृद्धि गर्ने उद्देश्य