अर्थ

महालक्ष्मी विकास बैंकको सचेतना कार्यक्रम

महालक्ष्मी विकास बैंकले विभिन्न शाखा तथा प्रादेशिक कार्यालयद्वारा वित्तीय साक्षरता, र्‍याली तथा सचेतनाका कार्यक्रम सञ्चालन गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी ती कार्यक्रमहरू सञ्चालन गरिएको हो।

बैंकले ‘ग्लोबल मनी विक–२०२४’ को अवसरमा विद्यार्थी तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकास गराउने उद्देश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, प्रभातफेरि कार्यक्रम सञ्चालन गर्नुका साथै समाजिक सञ्जाल मार्फत विभिन्न सचेतनामूलक भिडियो सामाग्री प्रसारण गरेको हो।

प्रकाशित: १३ चैत्र २०८० १०:३५ मंगलबार

महालक्ष्मी विकास बैंक सचेतना कार्यक्रम