अर्थ

‘नगद हर्ष बनिरहोस्, नयाँ वर्ष शुभ रहोस्’ अभियान

वेस्टर्न युनियन मनी ट्रान्सफरले नयाँ वर्षको शुभ अवसरमा ‘नगद हर्ष बनिरहोस्, नयाँ वर्ष शुभ रहोस्’ अभियान जारी गरेको छ। ट्रान्सफरले नयाँ वर्षको उत्सवमा ग्राहकको खुसी बढाउने लक्ष्यसहित सो योजना ल्याएको हो।

सो योजनामा सहभागी हुन ग्राहकले ७७ वटै जिल्लामा फैलिएका मनी ट्रान्सफर सेवाका १५ हजारभन्दा बढी भुक्तानी काउन्टरहरूमध्ये कुनैबाट आफ्नो रेमिटेन्स प्राप्त गर्नुपर्छ।

यस्तै अभियान अवधिका प्रत्येक कारोबारहरू स्वतः साप्ताहिक र बम्पर ड्र को लागि समावेश हुनेछन्। योजना अनुसार पाँच हप्तासम्म हरेक हप्ता सात जना भाग्यशाली ग्राहकले साप्तहिक लक्की ड्र मार्फत १५ हजार रूपैयाँ जित्ने र एक विजेताले बम्पर ड्र मार्फत एक लाख रूपैयाँ जित्नेछन्। ट्रान्सफरका अनुसार सो योजना नेपालभर चैत १२ गतेदेखि वैशाख १८ सम्म लागु हुनेछ।

प्रकाशित: १३ चैत्र २०८० १०:११ मंगलबार

वेस्टर्न युनियन मनी ट्रान्सफर ‘नगद हर्ष बनिरहोस् नयाँ वर्ष शुभ रहोस्’ अभियान