अर्थ

सिटिजन्स बैंकको वित्तीय साक्षरता कार्यक्रम

सिटिजन्स बैंक इन्टरनेसनलले सात वटै प्रदेशका २५ शाखा कार्यालयबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रममा उपस्थित युवा तथा विद्यार्र्थीलाई वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा प्रकाश पारेको बताइएको छ। यससँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको थियो।

यसैगरी नगद कारोबार, लेनदेन तथा बिप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्नसमेत आग्रह गरिएको छ। यसबाट बैंकिङ प्रणाली मजबुत हुनुका साथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: १३ चैत्र २०८० ०९:५६ मंगलबार

सिटिजन्स बैंक इन्टरनेसनल २५ शाखा कार्यालय