अर्थ

तोलामा एक हजार तीन सयले घट्यो सुन

बजारमा सुनको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको हो।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार आठ सयले कारोबार भएको थियो। आज एक लाख २६ हजार पाँच सय मूल्य कायम गरिएको छ।

यस्तै तेजाबी सुन बिहीबार प्रतितोला एक लाख २७ हजार दुई सयमा कारोबार भएकोमा आज  एक लाख २५ हजार नौ सय मूल्य कायम गरिएको हो।

चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला एक हजार पाँच सय ५५ मा कारोबार भएकोमा आज प्रतितोला एक हजार पाँच सय कायम गरिएको छ। –रासस

प्रकाशित: ९ चैत्र २०८० १२:२० शुक्रबार

सुनको मूल्य कारोबार प्रतितोला एक हजार तीन सय नेपाल सुनचाँदी व्यवसायी महासङ्घ