अर्थ

रमेश कर्पद्वारा वृक्षरोपण

रमेश कर्पले संस्थापक रमेश गुप्ताको जन्मजयन्तीका अवसरमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ।

संस्थाले गुप्ताको स्मृति र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई सम्मान गर्दै वृक्षरोपण कार्यक्रमको आयोजना गरेको हो।

हरेक वर्षझैं यस वर्ष पनि गुप्ताको मूल्यमान्यतालाई स्मरण गर्दै वार्षिक अवसरका रूपमा सामाजिक सेवा गरेर मनाउने गरिएको कम्पनीले जनाएकोे छ।

कम्पनीका अनुसार यस वर्ष काठमाडौंको जगडोलमा वृक्षरोपण कार्यक्रम गरिएको छ।

प्रकाशित: ७ चैत्र २०८० ०९:२९ बुधबार

वृक्षरोपण रमेश गुप्ता जन्मजयन्ती रमेश कर्प