अर्थ

मुक्तिनाथ बैंकद्वारा प्रहरी प्रभागलाई सहयोग

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरी प्रभाग बलम्बुलाई सहयोग गरेको छ।

बैंकले प्रहरी प्रभागलाई आवश्यक पर्ने तीन थान सिसिटिभी क्यामेरा र दुई थान गोप्रो क्यामेरा हस्तान्तरण गरेको हो। सो सहयोगबाट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै सबै क्षेत्रका नागरिकको हितमा काम हुने, अपराध नियन्त्रण र रोकथाममा सहयोग पुग्ने तथा सडक दुर्घटना न्यूनीकरणमा मदत पुग्ने विश्वास लिएको छ।

प्रकाशित: ६ चैत्र २०८० १०:२१ मंगलबार

मुक्तिनाथ बैंक सामाजिक उत्तरदायित्व