अर्थ

हाजिर जमानीमा छुटे १० बैंकर

धितोभन्दा दोब्बर बढी ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सिइओसहित १० जना बैंकरहरू हाजिर जमानीमा छुटेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार उनीहरूलाई हाजिर जमानीमा छोड्ने निर्णय भएको हो।

राष्ट्र बैकको विज्ञ टोलीले अनुसन्धान गरिरहेका कारण सिआइबीले तत्काललाई दैनिक हाजिर गर्नुपर्ने सर्तमा उनीहरूलाई छाडेको हो। तत्कालीन सेञ्चुरी बैंकका सिइओ तुलसीराम गौतम, अहिले प्रभु बैंकमा कार्यरत मनोज न्यौपाने, सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलीप बराल, दीपेश प्रधान, राजेश भण्डारी र रमन श्रेष्ठ रहेका थिए। 

प्रकाशित: २ चैत्र २०८० ११:१६ शुक्रबार

सेञ्चुरी कमर्सियल बैंक हाजिर जमानीमा छुटे १० बैंकर