अर्थ

कोकाकोला ‘सक्षम’ सशक्तिकरण तालिम सुरु

कोकाकोलाले महिला उद्यमी सशक्तिकरण पहलअन्तर्गतको ‘सक्षम’ तालिमको तेस्रो संस्करण सुरु गरेको छ। कम्पनीले विगत दुई वर्षदेखि महिला उद्यमशीलतालाई प्रवर्धन गर्ने उद्देश्यले सक्षम तालिम सञ्चालन गरिरहेको छ।

यसै क्रममा बोटलर्स नेपालका दीपक सेन्थिल नाथल सक्षमले महिला उद्यमीहरूको सीप बढाउन मात्र नभई उनीहरूको आत्मविश्वास बढाउन र समान विचार भएका महिलाहरूबीच सञ्जाल निर्माण गर्न पनि महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै तेस्रो वर्षमा प्रवेश गर्दैगर्दा कम्पनी समाजमा समावेशी व्यापारको वातावरण सिर्जना गर्न प्रतिबद्ध रहेको बताए।

यस्तै कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले ‘सक्षम’को तेस्रो संस्करणले महिला उद्यमीहरूलाई अर्थतन्त्रमा समावेश गराउनुका साथै सुवर्ण अवसरहरू सिर्जना गर्ने र पहिलेका संस्करणहरूझैँ यस संस्करणले पनि नेपाली महिलाको उद्यमशीलताको यात्रामा प्रभावशाली भूमिका खेल्नेमा कम्पनी विश्वस्त रहेको बताए।

प्रकाशित: २९ फाल्गुन २०८० ०८:३८ मंगलबार

महिला उद्यमी सशक्तिकरण पहल कोकाकोला