अर्थ

सामसङको इन्स्टा फाइनान्स अझ सहज

सामसङको इन्स्टा फाइनान्स अझ सहज बनेको छ। कम्पनीले गत वर्ष जसले ग्राहकलाई शून्य प्रतिशत ब्याज इएमआईमा नयाँ ग्यालेक्सी स्मार्टफोनहरू प्राप्त गर्न सुविधा दिएको थियो। यसै क्रममा कम्पनीले अब सो सुविधाबाट लाभ लिन ग्राहकले आफ्नो र आफ्नो ग्यारेन्टरको मात्र नागरिकता र पासपोर्ट साइजको फोटो ल्याउनुपर्ने जनाएको छ। यसले सेवालाई झन्झटमुक्त बनाएको कम्पनीले बताएको छ।

कम्पनीका अनुसार ग्राहकले आफ्नो र आफ्नो ग्यारेन्टरको दुई–दुई थान पासपोर्ट साइजको फोटो र नागरिकता बोकी नागरिकता जारी गरेको जिल्लामा रहेको कुनै पनि आधिकारिक सामसङ फाइनान्स स्टोरमा गएर २० हजार रूपैयाँ वा बढी मूल्य भएको ग्यालेक्सी स्मार्टफोन शून्य प्रतिशत ब्याज रहेको इएमआईमा प्राप्त गर्नेेछन्।

इन्स्टा फाइनान्सको साथै ग्राहकले १८ वैशाख २०८१ सम्ममा आफ्नो कुनै पनि पुरानो डिभाइस एक्स्चेन्ज गरी इन्हान्स्ड ट्रेड–इन बेनिफिटसद्वारा नयाँ ग्यालेक्सी एस २४ सिरिज लिन सक्नेछन्।

यस सेवामार्फत ग्राहकले आफ्नो पुरानो सामसङको एस, एन वा जेड सिरिज वा कुनै पनि एप्पल स्मार्टफोनको मूल्यांकनमा थप ५ हजार रूपैयाँ बोनस पाउनेछन् भने सामसङ ग्यालेक्सी ए वा एम सिरिजका स्मार्टफोन एस्चेन्ज गर्दा तीन हजार रूपैयाँ बोनस पाउनेछन्। कम्पनीका अनुसार उक्त सुविधाहरू नेपालभरि उपलब्ध छ।

प्रकाशित: २४ फाल्गुन २०८० ०८:५९ बिहीबार

सामसङको इन्स्टा फाइनान्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरू