अर्थ

भुम्रेमा गरिमा बैंकको नयाँ एक्सटेन्सन काउन्टर

गरिमा विकास बैंकले स्याङ्जाको वालिङ नगरपालिका ९ को भुम्रेमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ। एक्सटेन्सन काउन्टरबाट ग्राहकले खाता खोल्ने, नगद जम्मा गर्ने, नगद झिक्ने, रेमिट्यान्स मार्फत रकम पठाउने र प्राप्त गर्ने लगायतका बैंकिङ सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ।

प्रकाशित: २४ फाल्गुन २०८० ०८:४० बिहीबार

गरिमा विकास बैंक नयाँ एक्सटेन्सन काउन्टर