अर्थ

दमकमा भाटभटेनीको नयाँ आउटलेट

भाटभटेनी सुपरमार्केटको २७ औं आउटलेट झापाको दमकमा खुलेको छ। कम्पनीले यही फागुन २३ गते दमकमा भाटभटेनी सुपरमार्केट उद्घाटन गरेको हो।

सुविधाजनक सुपरमार्केटमा किनमेल गर्ने दमकवासीको चाहनालाई सम्मान गर्दै भाटभटेनी समूहले आफ्नो सेवाविस्तार गरेको जनाएको छ। कम्पनीले उद्घाटनका दिन हरेक सामानमा विशेष छुट दिएको छ।

नेपालमा डिपार्टमेन्टल स्टोर संस्कृतिको विकासमा समेत अग्रणी योगदान रहेको भाटभटेनी सुपरमार्केटमा ताजा तरकारी र फलफूलदेखि विश्वविख्यात ब्रान्डका एक लाख ५० हजार वर्गका वस्तु पाइने कम्पनीले जनाएको छ।

प्रकाशित: २४ फाल्गुन २०८० ०८:३४ बिहीबार

दमकमा भाटभटेनीको नयाँ आउटलेट डिपार्टमेन्टल स्टोर संस्कृतिको विकास