अर्थ

सत्ता समीकरण फेरबदलपछि सेयर बजारमा उछाल

सत्तासमीकरण परिवर्तन भएसँगै सेयर बजारमा उछाल आएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महत सेयर बजार मैत्री नभएको आरोप लाग्दै आएकोमा अर्थमन्त्री फेरबदल हुने भएपछि सोमबार सेयर बजारमा तीन पटक सर्किट लागेर बन्द भएको छ। १५ कम्पनीको सेयरमा सकारात्मक सर्किट  लागेको छ।

कारोबार सुरु भएको दुई घण्टामा ६ प्रतिशतले बढेपछि परिसूचक ११७.७० अंकले बढेर २०७८ को बिन्दुमा बन्द भएको हो। कारोबार सुरु भएको तीन मिनेट परिसूचक ४.०४ प्रतिशतले बजार बढेसँगै २० मिनेटका लागि कारोबार स्थगित भएको थियो भने बजार पुनः पाँत प्रतिशतले बढेर ४० मिनेटका लागि कारोबार फेरि बन्द भएको थियो।

बजार ९८.६९ अंकले बढेर २०५९.०० बिन्दुमा कायम भई बन्द भएको थियो। सोमबार दुई सय ३७ कम्पनीको नौ लाख ३४ हजार नौ सय १९ कित्ता सेयर खरिद बिक्रीबाट ३७ करोड ५२ लाख नौ हजार नौ सय ७८ रूपैयाँ ३२ पैसाको कारोबार भएको छ।

सोमबार हाइड्रो समूह सर्वाधिक ७.८६ प्रतिशत बढेको छ। नयाँ मन्त्रिमण्डलमा अर्थ मन्त्रालय कुन पार्टीले लिने भन्ने टुंगो नलागेको भए पनि सेयर बजारमा हरियाली छाएको हो ।

प्रकाशित: २२ फाल्गुन २०८० १३:२६ मंगलबार

नयाँ मन्त्रिमण्डल सत्ता समीकरण फेरबदलपछि सेयर बजारमा उछाल